कीवर्डहरू -

नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने 

नागरिक एपबाटै अब क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिन सकिने 

अब नागरिक एपबाटै कोरोना भाइरसविरूद्धको खोपका लागि आवेदन दिन र क्युआर कोडसहितको खोप कार्ड लिन सकिने भएको छ । नयाँ अपडेट मार्फत नागरिक एपले यो फिचर थपेको हो ।

यो सुविधा प्रयोग गर्न तपाईले नागरिक एपको नयाँ भर्सन डाउनलोड वा अपडेट गर्नुपर्ने हुन्छ । एन्ड्रोइडमा नयाँ अपडेट आईसकेको र आईओएसमा आउन केही दिन लाग्ने बताइएको छ ।

नागरिक एपबाट क्युआर कोडसहितको खोप कार्डका लागि आवेदन दिएपछि एकदिन भित्रमा उक्त आवेदन स्वीकृत हुनेछ । स्वीकृत भएपछि नागरिक एपबाट क्युआर कोडसहितको खोप कार्ड डाउनलोड गर्न सकिन्छ ।

नागरिक एपमा कोभिड भ्याक्सिनेसन नामक नयाँ फिचर थपिएको छ । जसमा क्लिक गरेर खोपका लागि प्रि रजिष्ट्रेसन गर्न सकिने छ भने क्युआर कोडसहितको खोपका कार्डका लागि आवेदन दिन सकिन्छ ।

यदी तपाईले खोप लगाइसक्नु भएको छ भने क्युआर कोडसहितको खोप कार्डका लागि तपाईको नाम, ठेगाना, पेशा, स्वास्थ्य अवस्था, खोप लगाएको मिति र भ्याक्सिन कार्ड राखेर आवेदन दिन सक्नुहुन्छ ।