कीवर्डहरू -

ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्दै, अमेरिकामा भने सार्वजनिक नहुने 

ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्दै, अमेरिकामा भने सार्वजनिक नहुने 

ह्वावेले चीन बाहिर पनि पि ५० प्रो सार्वजनिक गर्ने भएको छ । अरु देशहरमा सार्वजनिक गरिने पि ५० प्रो अमेरिकामा भने सार्वजनिक हुँदैन् ।

फ्ल्यागशीप पि ५० प्रोको १ हजार ३५३ अमेरिकी डलर पर्ने गर्दछ र पि ५० पकेटको मूल्य १ हजार ४६६ अमेरिकी डलरबाट सुरु हुने गर्दछ ।

पि ५० प्रो र पि ५० पकेटमा जिमेल, क्रोम, म्याप र प्लेस्टोर जस्चा गूगल एप र सेवा उपलब्ध रहेका छैनन् । यसमा एन्ड्रोइडको ओपसोर्स भर्सन हार्मनी अपरेटिङ सिस्टम पनि रहेको छ ।

ह्वावेले फाइभजी पनि प्रयोग गर्न नपाउने हुनाले यो स्मार्टफोनमा फोरजी मात्रै उपलब्ध रहेको छ । स्मार्टफोनमा ६.६ इन्चको ओएलइडी डिस्प्ले प्रयोग गरिएको छ र यसमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

यसमा ४,६३९ एमएएचको ब्याट्री पनि हुने गर्दछ । रियरमा चारओटा क्यामेरा रहेको छ जसमा ५० मेगापिक्सेलको र्ट् क्रोमा मेन क्यामेरा, ४० मेगापिक्सेलको मोनो क्यामेरा, ६४ मेगापिक्सेलको टेलिफोटो र १३ मेगापिक्सेलको अल्ट्रापाईड लेन्स रहेको छ ।

स्मार्टफोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ । पि ५० प्रोमा ८ जिबी र्याम र २५६ जिबी स्टोरेज पनि रहेको छ ।