कीवर्डहरू -

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिना बोनस

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा ४ महिनासम्म बोनस पाइने भएको छ । क्लासिक टेकका  ग्राहकले रिफर  गर्दा कम्पनीले ४ महिनासम्म बोनस दिन सकिने नयाँ योजना ल्याएको हो ।

यस अन्तर्गत २ महिना इन्टरनेट र २ महिना आईपीटीभी  बोनस पाइने छ । रिफर  गर्ने ग्राहकलाई प्रोत्साहन  गर्न  यो सुविधा ल्याएको र नयाँ ग्राहकलाई पनि  न्युन मुल्यमा उच्च  ब्याण्डविथ इन्टरनेट र  फाइभ गिगाहर्जको   राउटर  सहित आईपीटीभी दिदै आएको कम्पनीले जनाएको छ ।

क्लासिक  टेकले अहिले १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीएस, ६२५ एमबीपीएस र १ हजार एमबीपीएसको इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

देशकै अग्रणी तसेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि सेवा आरम्भ गरेको थियो  । १२ बर्षमा कम्पनीले  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा  सञ्चालनमा  ल्याएको  छ ।