कीवर्डहरू -

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा मोबाइल फाेन चलाउन राेक

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा मोबाइल फाेन चलाउन राेक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ ।

अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ ।

विभागले सूचना नै जारी गरी ‘डेस्क ड्युटी हावर’ अवधिसम्म निजी मोवाइल नचलाउन निर्देशन दिएको हो । महानिर्देशक भट्टराईले भने–सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोवाइल बोकिराख्नु पर्ने अवस्था हुदैन ।

आवश्यक परेमा ‘ल्याण्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । बरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डिअ) लाई ब्यक्तिगत मोवाइल प्रयोग भएनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ ।

अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरुको संख्या बढेको आरोप लाग्दै आएको छ । यसरी गएकाहरु अलपत्र पर्ने र दुख पाउन थालेपछि विभागले सो निर्णय गरेको बताइन्छ ।

विशेष गरी खाडी र युरोप लगायतका मुलुकहरुमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्वन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा ‘भिजिट भिसा’ मा कस्तो ब्यक्तिलाई विदेश जान दिने र नदिने निक्र्यौल हुने अपेक्षा गरिएको छ । गोरखापत्र