कीवर्डहरू -

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) ले नेपालको लोकप्रिय पब्जी मोबाइल टिम द रियल सोलजर्स (डीआरएस) छाडेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत डीआरएसले उनीहरू ५ जनालाई बिदाई गरेको जानकारी दिएको हो । बिदाई गर्दै डीआरएसले अहिलेसम्मको यात्रा राम्रो भएको बताएको छ ।

‘तपाईहरूसँग काम गर्नु हामी सबैका लागि खुसीको कुरा थियो,’ सामाजिक सञ्जालमा एक पोष्ट राख्दै डिआरएसले भनेको छ,’ ‘हामीले सँगै धेरै सपना देखेका थियौं । केही सफल भए केहीले पाठ सिकाए ।’

डीआरएस मार्फत उनीहरूले पब्जीका विभिन्न  प्रतियोगितामा सहभागीता जनाएका थिए । धेरैजसो प्रतियोगिता उनीहरूले जितेका समेत थिए ।

उक्त पोष्टमा भनिएको छ, ‘सँगैको यात्रा एकदमै महान थियो तर हरेक यात्रा समाप्त हुन्छ । यो फेयरवेल मात्र हो गुड बाई होइन् । एक पटकको सेना सधैंको सेना हो । आगामी यात्राका लागि शुभकामना ।’

डीआरएस कानुनी रूपमा दर्ता हुने नेपालको पहिलो पब्जी टिम समेत हो । अहिले डीआरएस पब्जी मोबाइलको ग्लोबल र्‍याकिङमा ४१ नम्बरमा रहेको छ ।