कीवर्डहरू -

विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने

विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने

मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्रसँग आबद्ध ट्याक्सीका चालकहरुलाई एक कार्यक्रमबीच क्यूआर कोड हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगरका उपनिर्देशक लक्ष्मीप्रसाद तिमल्सिनाको पनि उपस्थिति थियो । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।
एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्रसँग समन्वय गरेर विराटनगर एयरपोर्टलाई डिजिटलाइज्ड गर्ने तथा यात्रुलाई डिजिटल पेमेन्टमा सहजता पुर्याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंकका प्रबन्धक विनोदराज थापाले बताए ।