कीवर्डहरू -

जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर 

जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर 

आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने गरेको पाइएको छ ।

आरमरब्लक्सका अनुसार सोसल इन्जिनियरिङलाई प्रयोग गरेर जूम मिटिङ सुरु गर्ने खालको ईमेल पठाइने गरिन्छ । यसले करिब १० हजार प्रयोगकर्ताहरुलाई असर पारेको छ ।

यो आक्रमण उत्तर अमेरिकामा रहेको मोर्टगेज ब्रोकर कम्पनीले सञ्चालन गरेको पाइएको छ । ईमेल वास्तविक जूमको मेसेज जस्तै देखिने गर्दछ ।

मेसेजमा ‘योर पार्टिसिपेन्ट ह्याभ जोइन्ड यू इन अ मिटिङ’ भनेर मिटिङ स्टार्ट गर्न लगाइन्छ । पहिले देखि देखिरहजे ईमेल पाउँदा प्रयोगकर्ताहरुले धेरै नसोची मेलमा क्लिक गर्ने गर्दछन् जसपछि ह्याकरहरले माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने गर्दछन् । फिशिङ ईमेलको दर दिनप्रतिदिन बढ्दै गईरहेको पाइएका छ ।