कीवर्डहरू -

एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक

एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको छ । बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागी इन्सुरेन्स सेवा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

लाजीम्पाटको केन्द्रिय कार्यलयमा भएको कार्यक्रममा ५ लाख बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लन्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत ’ नारा सहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।

आफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्ने छन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्ने छन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुनेछन् ।

हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आईरहेको छ ।