कीवर्डहरू -

अब मास्क लगाएरै आईफोन अनलक गर्न सकिने 

अब मास्क लगाएरै आईफोन अनलक गर्न सकिने 

एप्पलले केही दिन अघि आइओएस १५.३ बेटा सार्वजनिक गरेको छ । आईओएस १५.३  बेटामा एप्पलले नयाँ फिचरहरु ल्याएको छ । यो अपडेट डाउनलोडका लागि फोनमा नोटिफिकेसन आएको छ भने त्यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

यदी नोटिफिकेसन आएको छैन् भने मोबाइलको सेटिङ्गमा गएर जनरल अप्सनमा क्लिक गरी सफ्टवेयर अपडेट भन्ने अप्सनबाट पनि यो नयाँ अपडेट पाउन सकिन्छ ।

यो अपडेटले मास्क लगाएको समयमा एप्पल वाच प्रयोग नगरेरै फेस आइडीको फिचर प्रयोग गर्न दिन्छ । यो फिचरले गर्दा मास्क लगाउँदा पनि फेस अनलकको फिचर प्रयोग गर्न सकिन्छ ।

तपाईको आँखाको छेउको फिचरलाई सम्झिएर फोन अनलक हुने गर्दछ । गत वर्ष एप्पलले आइओएस १४.५ सार्वजनिक गरेर मास्क लगाएको अवस्थामै एप्पल वाचमा रहेको फेस आइडी प्रयोग गरेर आईफोन अनलक गर्न सकिने फिचर सार्वजनिक गरेको थियो र यो वर्ष एप्पल वाच बिनानै यस्तो गर्न सकिने भएको हो ।

यो फिचर चस्मा लगाउने मान्छेका लागि पनि काम गर्छ तर सनग्लास लगाएको अवस्थामा भने चस्मा खोल्नुपर्ने हुन्छ ।