कीवर्डहरू -

एप्पलको एप स्टोरले अनलिस्टेड एपहरुलाई पनि अनुमति दिने

एप्पलको एप स्टोरले अनलिस्टेड एपहरुलाई पनि अनुमति दिने

एप्पलको एप स्टोरले अनलिस्टेड एपहरुलाई पनि अनुमति दिने भएको छ । म्याक र्युमरले भेटाएको सपोर्ट डक्युमेन्टेशनका अनुसार एप स्टोरमा सूचित नगरिएको एपलाई पनि प्रयोगकर्ताहरुले डाईरेक्ट लिंकले पहुँच पाउन सक्छन् ।

सबैको प्रयोगका लागि उपयुक्त एप छैन् भने विकासकर्ताहरुले एपलाई कम्पनीलाई भनेर अनलिस्टेड एपमा राख्न सक्छन् ।

कम्पनीले विकासकर्ताको अनुरोधमा सहमति जनाए भने एप एप स्टोरको क्याटेगोरी, रिकमेन्डेशन, चार्ट वा सर्च रिजल्ट कतै पनि उपलब्ध हुँदैन् ।

डाईरेक्ट लिंक बाहेक अनलिस्टेड एपहरुलाई एप्पल बिजनेश र स्कुल म्यानेजर प्लेटफर्मबाट पनि प्राप्त गर्न सकिन्छ । यो प्रक्रियाले निश्चित संस्था, इभेन्ट, अन्वेषण वा अन्य क्रियाकलापका लागि बनाइएको एप उपयुक्त बनाइन्छ ।