कीवर्डहरू -

एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने

एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने

सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने भएको छ । यो फिचर एन्ड्रोडका लागि क्रोमको १०० भर्सनमा उपलब्ध हुने छ ।

कहिलेकाही तपाईले खुल्ला राख्न खोजेको ट्याब पनि बन्द भईदिने गर्छ, यस्तो अवस्थामा यो फिचरले तपाईलाई मद्दत गर्ने छ । सोही कारण अब क्रोममा तपाईले बन्द गर्न चाहनुभएको हो भनेर प्रश्न सोधिने छ ।

यस्तो गर्दा तपाईले चाहेको ट्याब मात्रै पनि बन्द गर्न सक्नु हुनेछ । विन्डोजका लागि भने सबै ट्याब एकैचोटि बन्द गर्ने फिचर मात्रै रहेको छ ।