कीवर्डहरू -

एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न १९ वर्षिय युवाले मागे ५० हजार डलर

एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न  १९ वर्षिय युवाले मागे ५० हजार डलर

१९ वर्षीय ज्याक स्वीनीले एलन जेट नामक ट्वीटरबट निर्माण गरेका छन् । यसले एलन मस्कको निजी जेट उड्ने र अवतरण गर्ने समय ट्वीट गर्ने गर्दछ ।

यो बोटले निजी जेटमा ट्रयाकरको रुपमा काम गर्ने गर्दछ । यसको बारेमा प्राटोकलले स्टोरी सार्वजनिक गरेपछि ज्याक स्वीनी चर्चामा आएका हुन् ।

ज्याक स्वीनीले मस्कसँग ५० हजार अमेरिकी डलर मागेका छन् र मस्कले यो रकम दिएमा उनले जेटलाई ट्रयाक गर्न बन्द गर्ने वाचा पनि गरेका छन् ।

स्वीनीसँग अरु बोटहरु पनि रहेका छन् जसले सार्वजनिक रुपमा उपलब्ध रहेको एयर ट्रयाफिक डेटालाई प्रयोग गरेर बिल गेट्स, जेफ बेजोस जस्ता व्यक्तित्वहरुको प्राइभेट प्लेनलाई पछयाउने गर्दछ ।

एलनजेट आकउन्ट उनको सबैभन्दा चर्चित काम हो किनभने त्यस ट्वीटर अकाउन्टमा स्वीनीको १ लाख ८० हजार फलोअर रहेका छन् ।

यो अकाउन्टलाई एलन मस्कले समेत याद गरेका छन् र आफ्नो सुरक्षामा खतरा आउने हुँदा तयो ट्वीटर अकाउन्टलाई हटाउन पनि आग्रह गरेका छन् जसका लाथि ज्याक स्वीनीले मस्कसँग ५० हजार अमेरिकी डलर माग गरेका हुन् ।

मस्कले भने त्यो अकाउन्ट डिलिट गर्नका लागि ५ हजार अमेरिकी डलर दिने भनेका छन् ।  ५० हजार डलर दिएमा मलाइए कलेजको शुल्क तिर्न र एउटा गाडी वा मोडेल थ्री खरिद गर्न दिने स्वीनीको भनाइ छ ।

मस्कले म यसको बारेमा विचार गर्छ भनेर बताएका छन् र त्यसपछि दुवै पक्षबाट अरु कुनै कुरा गरिएको छैन् ।