कीवर्डहरू -

संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ? 

संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ? 

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२ मा एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

एप्पलको कुल ब्राण्ड भ्यालु ३५५ बिलियन अमेरिकी डलर रहेको छ । गत वर्षभन्दा एप्पलको ब्राण्ड भ्यालु ३५ प्रतिशतले बढेको छ ।  संसारका १० मूल्यवान कम्पनीको सूचीमा अमेरिकी कम्पनीको बर्चश्व रहेको छ ।

त्यस्तै शीर्ष १० मूल्यवान कम्पनीको सूचीमा दोस्रो नम्बरमा अमेजन, तेस्रोमा गूगल, चौथौंमा माइक्रोसफ्ट, पाँचौंमा वालमार्ट, छठौंमा सामसुङ, सातौंमा फेसबुक, आठौंमा आइसिबिसी, नवौंमा ह्वावे र दशौंमा भेरिजोन रहेको छ ।

यी १ मूल्यवान कम्पनीमध्ये इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना र ह्वावेका चीनियाँ कम्पनी हुन् भने सामसङ दक्षिण कोरियाको कम्पनी हो ।

अमेजनको ब्राण्ड भ्यालु ३५० बिलियन, गूगलको २६३ बिलियन, माइक्रोसफ्टको १८४ बिलियन, वालमार्टको १११ बिलियन, सामसङको १०७ बिलियन, फेसबुकको १०१ बिलियन, आईसिबिसीको ७५ बिलियन, ह्वावेको ७२ बिलियन र भेरिजोनको ६९ बिलियन अमेरिकी डलर ब्राण्ड भ्यालु रहेको छ ।

रिपोर्ट अनुसार टिकटक संसारको सबैभन्दा छिटो ग्रो हुने ब्राण्ड भएको छ । कम्पनी एक वर्षमा २१५ प्रतिशत ग्रो भएको छ । सन् २०२१ मा टिकटकको भ्यालु १८.७ बिलियन डलर रहेको थियो तर यसवर्ष ५९ बिलियन डलर रहेको छ ।

\"\"