कीवर्डहरू -

रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा

रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा

अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर र प्रहरी बृत्त बौद्दबाट संयुक्तरुपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको छ ।

७४ जनामा ६६ जना पुरूष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट ६ लाख १९ हजार रूपैयाँ नगद नियन्त्रणमा लिइएको छ ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।