कीवर्डहरू -

जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई

जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई

स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफाईमा अमेरिकी पोडकास्टर जो रोगनले कोभिड १९ का बारेमा गलत जानकारी फैलाइ रहेपछि कम्पनीले कोभिड १९ सँग सम्बन्धित पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको हो ।

ती कन्टेन्ट एडभाइजरीले दर्शकहरुलाई कोभिड १९  हबमा लगदिने गर्दछ जसले गर्दा स्पटीफाईका प्रयोगकर्ताहरले सही जानकारी पाउन सक्नेछन् ।

स्पटीफाईले आफ्नो कन्टेन्ट गाईडलाइन पनि सार्वजनिक गर्ने वाचा गरेको छ । स्पटीफाईले महामारीको सुरुवात देखि आफूले २० हजार कोभिड सान्दर्भिक भिडियो डिलिट गरेको पनि दावी गरेको छ ।