कीवर्डहरू -

आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक

आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजनिक भएको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरू तथा हितैषीहरुको सामूहिक प्रयासबाट सम्भव भएको कम्पनीले जनाएको छ ।

यसको लागि छुट्टै विज्ञापन गरिएको थिएन । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमईको   प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् ।

अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने फुयाँलले बताए । कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा सर्वसाधारणहरूसँग कम्पनीको प्रतिनिधिको रुपमा सम्वाद गर्ने बताइएको छ ।