कीवर्डहरू -

स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै

स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा शनिबारदेखि दुई दिने तालिम सुरू हुने भएको छ । स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्दै नेपाल मेन्टरसँगको सहकार्यमा आइसिटी अवार्डले काठमाडौंको मैतीदेवीस्थित सनवे कजेजमा आर्किटेक्चर एज ए सर्भिस (आस) विषयमा २ दिने ट्रेनिङ आयोजना गर्न लागेको हो । 

शनिबार र आइतबार सञ्चालन हुने तालिम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । तालिममा एमभीपी, ग्रोथ र कम्प्लायन्स रेडी सिस्टमहरू बनाउन प्रयोग हुने रेडी–टु–यूज बोइलरप्लेट्समा व्यावहारिक ज्ञान प्रदान गरिने छ । साथै स्केलेबल, सेक्योर र फ्यूचर–रेडी आर्किटेक्चर विकासमा परामर्श र मार्गदर्शन समेत प्रदान गरिने छ । 

यो तालिम सःशुल्क रहेको छ । तपाईले यहाँ क्लिक गरेर फर्म भरेपछि आइसिटी अवार्डको टिमले सम्पर्क गर्नेछ । तालिमका लागि सिट संख्या सिमित भएकाले इच्छुकलाई जति सक्दो चाँडो फाराम भर्न अनुरोध गरिएको छ । 

तालिमको प्रशिक्षकमा आर्किटेक्चर एज ए सर्भिसमा लामो अनुभव भएका आलोक कुमार पाण्डे रहेका छन् । पाण्डेसँग सूचना प्रविधिको क्षेत्रमा दुई दशक बढीको अनुभव रहेको छ ।