कीवर्डहरू -

आईएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

आईएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

डिजिटल वालेट आइएमई पेले 'बैंक लिङ्क गरौँ, मोबाईल जितौँ' नामक योजना सार्वजनिक गरेको छ।  

प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको  अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित नयाँ योजना ल्याइएको हो । 

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रवीण रेग्मीले प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहित गर्न नयाँ अभियान सुरू गरिएको बताए ।

मङ्सिर ६ गते देखि माघ ६ सम्म २ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा  पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरु गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन्।

योजना अन्तर्गत  हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले  एउटा स्मार्टफोन जित्न सक्नेछन्।प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एप अथवा कनेक्ट आइपिएसमार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्नेछन्।

यस  अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक  अन्य ३ विभिन्न भुक्तानीहरु गर्नु पर्ने हुन्छ।