कीवर्डहरू -

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको छ । शैक्षिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको हो । 

सम्झौतापत्रमा आदिम कलेजका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद शर्मा र इन्फोडेभलपर्सका मानव संसाधन प्रबन्धक प्रयास राजोपाध्यायले हस्ताक्षर गरेका छन् ।

सहकार्यसँगै आदिम कलेजका विद्यार्थीहरूलाई इन्फोडेभलपर्समा इन्टर्नसीप, रोजगारी र प्रोफेसनल क्षमता अभिवृद्धिको अवसर प्राप्त हुनेछ । 

सहकार्य बारे आदिम कलेजका सीईओ शंकर प्रसाद शर्माले विद्यार्थीहरूलाई वास्तविक उद्योगको अनुभव प्रदान गर्न यस सहकार्यले ठूलो ‍ सहयोग गर्ने बताए । 

यस्तै इन्फोडेभलपर्सका एचआर प्रबन्धक प्रयास राजोपाध्यायले विद्यार्थीहरूलाई इन्टर्नसीप र मेन्टरसीप अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।