कीवर्डहरू -

महिला सशक्तिकरण तथा दिगो विकास लक्ष्यहरूमा योगदान दिदै दराज

महिला सशक्तिकरण तथा दिगो विकास लक्ष्यहरूमा योगदान दिदै दराज

युवा तथा महिलाहरूलाई उत्प्रेरित गर्दै उद्यमीहरूलाई अनबोर्डिङ गरेर, थप समावेशी र दिगो भविष्य निर्माण प्रति कदम चालेको दराजले महिलाहरूलाई सीप प्रदानगर्ने उद्देश्यले मेन्टरशिप कार्यक्रमहरु संचालन गरेको छ ।

यस्ता कार्यक्रमहरूले महिलाहरूलाई उनीहरुको करियरमा आवश्यक व्यक्तिगत र व्यावसायिक सीपहरू प्रदान गर्ने दराजको विश्वास छ । 

दराजले ‘लाईफ प्रोजेक्ट फोर युथ’ तथा ‘उद्देश्य गर्लस्  ईन स्टिम’ जस्ता संस्था संगको सहकार्यमा विभिन्न मेन्टरशिप कार्यक्रमहरु सार्वजनिक गर्दैः प्राविधिक ज्ञान, रोजगारी, र उद्यमशीलता जस्ता कुराहरु प्रवर्द्धन गर्दै आएको छ ।

यसको साथै समावेशी उद्योग विकाश गर्ने उद्देश्यले दराज सधैं सम्पूर्ण राष्ट्रका महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै लैङ्गिक समानता, सम्मानित काम र आर्थिक बृद्धिका कामहरु गर्ने गरेको छ ।

महिला उद्यमी महासंघ संगको सहकार्यमा दराजले महिला उद्यमीहरुलाई ई–कमर्स प्लेटफर्मको पहुँच तथा यसको प्रयोगको लागि आवश्यक तालिमहरु प्रदान गर्ने गरेकोछ । दराजको यो सानो प्रयासले हजारौं महिला डिजिटल प्लेटफर्मको पहुँच प्राप्त गर्न सफल भएका छन् । 

नेपाल सरकारको चासो तथा दिगो विकाशको केन्द्रविन्दु भनिने कार्बन उत्सर्जनको न्यूनिकरणमा सहयोग गर्न, दराजले ‘डोको रिसाईक्लर्स’ संग सहकार्य गरेर प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकहरु देशका १७ स्टेसनहरुबाट संकलन गरी रिसाइकल गरेर पाइपहरु बनाइने गरेको छ ।

यो बाहेक दराजले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ । जस अन्तर्गत २ वटा ट्रक र ७५ वटा बाईक गरी कुल ७७ वटा विद्युतीय सवारी साधनहरुलाई दराजका डेलिभरीमा प्रयोग गरिएको छ ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दराजले युनिसेफ संग सहकार्यमा बंलामुखी क्षेत्रमा पार्कको पुनर्निर्माणमा सहयोग गर्दै बच्चा तथा वृद्धहरुलाई सुरक्षित र खुल्ला ठाउँ निर्माण पनि गरेको छ । दिगो पर्यावरणको विकाशमा दराज प्रतिवद्ध छ र हरियो शहरको अवधारणमा निरन्तर काम गर्दैछ । 

दराजले समाजलाई केहि प्रदान गर्ने उद्देश्यले आफ्नो कार्यक्षेत्रमा सेवाको भावनाको विकाश गरेर आफ्ना कर्मचारीहरुलाई सक्रिय रुपमा सामाजिक तथा पर्यावरणीय कार्यहरुमा संलग्न हुन प्रोत्साहन गर्ने गरेको छ ।

पदयात्राको आयोजना गरेर सरसफई गर्ने, चाडपर्वहरु बालबालिका संग मनाउने, तिहार पशु कल्याणकारी संस्थाहरुमा मनाउने, साथै महिनावरी स्वत्छता, बृक्षरोपण जस्ता परोपकारी कार्यहरुमा दराजकर्मी संलग्न हुने गरेका छन् ।

दराज व्यापार, व्यवसाय, र उद्यमशीलतामा मात्र नभएर समाजसेवा, परोपकारी तथा कल्याणकारी कार्यमा पनि सक्रिय रुपमा लागेको छ ।