कीवर्डहरू -

क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ परेका छन् ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले क्याश एपबाट अवैध कारोबार गरेको आरोपमा मोरङका गौरभ भट्टराई, सुजन दाहाल, मिलन मिश्र, ओखलढुंगाका सिद्धार्थ नेपाली र सुनसरीका आशुतोष कोईराला रहेका छन् । 

क्याश एप सर्भरको पहुँच दिइ ६ ओटा ईसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस अकाउन्ट र सोही अकाउन्टहरूमा लिंकअप भएका १९ ओटा बिभिन्न बैंकका खाताहरु समेतमा अबैध तरिकाले क्याश एपमार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । 

उनीहरूलाई कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट विभिन्न आईफोन ब्राण्डका मोबाईल थान-५, विभिन्न कम्पनीका ल्यापटप थान-३ समेत ५ जनाको साथबाट बरामद एवं पक्राउ गरी निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसूरमा र सोहि संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।