कीवर्डहरू -

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कालीकोटको शुभकालिका गाउँपालिका-८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको उनले बताए। रासस