कीवर्डहरू -

कुपण्डोलमा बीवाईडीको नयाँ शोरूम

कुपण्डोलमा बीवाईडीको नयाँ शोरूम

विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रालिले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो । 

ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफु सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए । 

सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने दाबी गरे । कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत ईको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए।नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् ।

केही समय अघि काठमाडौँ उपत्यकाभित्र केही शोरुमहरुमा मात्र सीमित भएको कम्पनी हाल देशका मुख्य–मुख्य सहरहरुमा शोरूम स्थापना भैसकेको उनले बताइन् । साईमेक्स इंकले विगत ७ वर्षदेखी नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।