कीवर्डहरू -

नेपालगञ्जमा ओमोडाको नयाँ शोरूम

नेपालगञ्जमा ओमोडाको नयाँ शोरूम

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरुमबाट कम्पनीले सो क्षेत्रका लागि ‘फ्युचरिस्टिक’ ओमोडा ई५ गाडी समेत सार्वजनिक गरेको छ ।

ओमोडाले यस क्षेत्र ग्राहकहरुलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्दै आफ्नो डिलर नेटवर्कको विस्तारमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित हुने विश्वास कम्पनीको छ ।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले नयाँ गाडी प्रदर्शनी तथा खरिदमा उचित फाइनान्सिङको सुविधा एकै ठाउँबाट उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको रहेको बताए ।

नेपालगञ्जका लागि एसपीजी अटोमोबाइल्स प्रालिको नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ रहेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने लगायत सहभागिता रहेको थियो ।