कीवर्डहरू -

राष्ट्रिय परिचयपत्रका लागि टाइम कार्ड अनुसार आउन जिल्ला प्रशासन काठमाडौंको अनुरोध

राष्ट्रिय परिचयपत्रका लागि टाइम कार्ड अनुसार आउन जिल्ला प्रशासन काठमाडौंको अनुरोध

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फाराम भरेर टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।

बिहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अशक्त तथा जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।
null