कीवर्डहरू -

एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्न भ्रामक भिडियो बनाउने युवक पक्राउ

एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्न भ्रामक भिडियो बनाउने युवक पक्राउ

एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रामक भिडियो बनाउने २२ वर्षिय युवक पक्राउ परेका छन् । 

साइबर व्यूरोले साउन ३२ गते सिन्धुपाल्चोकबाट एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने बाजुराका २२ वर्षिय रमेश बहादुर रावतलाई पक्राउ गरेको हो । 

उनले सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआई लगायतका प्रविधिहरूको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी चरित्रमा निर्मम आघात पुऱ्याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामाग्री तयार तथा प्रसारण गरी सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या गर्ने गरेका थिए । 

यस सम्बन्धमा ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्य गरेको आरोपमा रावतलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।