एक्सेस वर्ल्ड टेक (एडब्लुटी) र एआई एसोसिएसन अफ नेपालबीच एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
एक्सेस वर्ल्डको कार्यालय ललितपुरमा बिहीबार एआई एसोसिएसन अफ नेपालसँग नेपालमा एआई इकोसिस्टम विकासमा सहकार्य गर्न अवसरहरूको खोजी गर्ने विषयमा सहकार्य भएको हो ।
छलफलमा एआई एसोसिएसन अफ नेपालका डा. सुरेश पोखरेल, सुजन थापा, किरण भट्ट, जय राज मिश्र, बुद्धि राम शर्मा र प्रतिक पंगेनी सहभागी थिए भने एक्सेस वर्ल्डबाट डेपुटी सीईओ सुशील विष्टले नेतृत्व गरेका थिए ।
एआई विकासमा रहेका चुनौतीहरूको समाधान, बलियो रोबोटिक्स प्लेटफर्मको स्थापनाको आवश्यकता र व्यक्तिगत तथा उद्योगहरूको फाइदाका लागि दिगो एआई इकोसिस्टम सिर्जना गर्ने विषयमा छलफल भएको एक्सेस वर्ल्डका डेपुटी सीईओ सुशीले विष्टले जानकारी दिए ।
साथै एआई नवप्रवर्तनलाई अघि बढाउन सँगै सहकार्ने गर्ने दुवै संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । एक्सेस वर्ल्ड नेपालको पहिलो आईएसओ २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन, आईएसओ २००००-१:२०१८ आईटी सेवा व्यवस्थापन र आईएसओ ९००१:२०१५ – गुणस्तर व्यवस्थापन प्रमाणपत्र प्राप्त कम्पनी हो । कम्पनीले डेटा सेन्टर तथा क्लाउड सेवा प्रदान गर्दै आएको छ ।