कीवर्डहरू -

एनसेलको शेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन

एनसेलको शेयर खरिद बिक्री रोक्न लेखा समितिको निर्देशन

संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई एनसेलको शेयर खरिद बिक्री रोक्न र ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न निर्देशन दिएको हो । 

बुधबार समितिले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्टार कार्यालयसँग छलफल गरेको थियो । 

साथै समितिले एनसेलको सेयर खरिद बिक्रीबारे भएका प्रक्रिया ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

यस बाहेक प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत शेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा सरकारको थप धारणा बुझ्न समितिको आगामी बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय समेत गरेको छ । 

यसैबीच बिहीबार बिहान प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक समेत बोलाएका छ । बैठकमा एनसेलको विषयमा पनि छलफल हुने बताइएको छ ।