नेपालमा एसरले आफ्नो नयाँ गेमिङ ल्यापटप एसर नाइट्रो भि १५ (२०२५) बजारमा ल्याएको छ। यो नयाँ मोडल आरटीएक्स ३०५०, आरटीएक्स ४०५० र आरटीएक्स ५०५० जीपीयू विकल्पसहित उपलब्ध छ। साथै, यसमा १६ जीबी डीडीआर५ र्याम र १६५ हर्ज डिस्प्ले जस्ता उच्च प्रदर्शनका सुविधा समावेश छन्।
डिस्प्ले र डिजाइन
एसरको नयाँ नाइट्रो भि १५ ले नाइट्रो ५ लाइनअपको डिजाइनसँग मिल्दोजुल्दो स्वरूप बोकेको छ, तर यो अझ बोल्ड र आधुनिक शैलीमा आएको छ। यसमा डायगोनल स्ट्रिप्स र माथिल्लो भागमा चम्किलो लोगोले आकर्षक लुक दिएको छ।
यो ल्यापटप अघिल्लो पुस्ताको नाइट्रो ५ भन्दा करिब ४०० ग्राम हल्का छ। नाइट्रो भि १५ को निर्माण स्लिम र हल्का छ, जसको तौल करिब २.१ किलो मात्र छ। यसको मोटाइ २.५९ देखि २.६९ सेन्टिमिटर, चौडाइ ३६ सेन्टिमिटर र गहिराइ २७.१ सेन्टिमिटर रहेको छ।
यसमा फाइन टिप वाइट-ब्याकलिट कीबोर्ड पनि समावेश गरिएको छ, जसले गेमिङ र टाइपिङ दुवैमा सहजता प्रदान गर्छ।
डिस्प्ले
एसर नाइट्रो भि १५ (२०२५) मा १५.६ इन्चको फुल एचडी आईपीएस प्यानल दिइएको छ, जसको १६५ हर्ज रिफ्रेस रेट छिटो र स्मूद गेमिङ अनुभवका लागि उपयुक्त छ। डिस्प्लेको ब्राइटनेस ३०० निट्स सम्म सीमित छ, जुन यस मूल्य वर्गको गेमिङ ल्यापटपका लागि सामान्य मानिन्छ। तर घरभित्र वा इनडोर प्रयोगका लागि यो पर्याप्त उज्यालो छ।
थप रूपमा, यसमा एसर कम्फीभ्यू पनि रहेको छ, जसले १७० डिग्री भ्यूइङ एंगल र १६:९ एस्पेक्ट रेसियो प्रदान गर्छ। यसले लामो समयसम्म प्रयोग गर्दा आँखामा कम थकान महसुस गराउँछ।
प्रदर्शन
एसर नाइट्रो भि १५ (२०२५) ले प्रदर्शनका हिसाबले विभिन्न विकल्पहरू प्रदान गर्छ। यसमा दुई फरक पुस्ताका इंटेल प्रोसेसरहरू उपलब्ध छन्, नयाँ इंटेल सिरिज २ प्रोसेसर र १३औँ पुस्ताको र्याप्टर लेक प्रोसेसर। यसअन्तर्गत इंटेल कोर ५ २१०एच, कोर आई७-१३६२०एच र कोर आई५-१३४२०एच जस्ता प्रोसेसर विकल्पहरू पाइन्छन्, जुन दैनिक प्रयोगका साथै गेमिङका लागि पनि सक्षम मानिन्छन्।
यी प्रोसेसरहरूलाई डेडिकेटेड ग्राफिक्स कार्डसँग जोडिएको हुँदा, ल्यापटपले राम्रो सेटिङमा गेमिङ सहजै ह्यान्डल गर्न सक्छ।
मेमोरी र स्टोरेज
- १६ जीबी डीडीआर५ र्याम (४८००–५२०० मेगाहर्ज)
- ५१२ जीबी पीसीआईई एनभीएमई एसएसडी
ग्राफिक्स
- एनभिडिया गेफोर्स आरटीएक्स ३०५० (६ जीबी जीडीडीआर६ भिआरएएम)
- एनभिडिया गेफोर्स आरटीएक्स ४०५० (६ जीबी जीडीडीआर६ भिआरएएम)
- एनभिडिया गेफोर्स आरटीएक्स ५०५० (८ जीबी भिआरएएम)
पोर्ट्स र कनेक्टिभिटी
एसर नाइट्रो भि १५ (२०२५) मा विभिन्न आधुनिक पोर्ट्स र कनेक्टिभिटी विकल्पहरू समावेश गरिएको छ, जसले दैनिक प्रयोग र गेमिङ दुवैलाई सहज बनाउँछ।
पोर्ट्स
- १× युएसबी टाइप-सी (युएसबी ३.२ जेन २ सपोर्टसहित)
- ३× युएसबी टाइप-ए (जसमध्ये एउटा पोर्टमा पावर अफ चार्जिङ सपोर्ट)
कनेक्टिभिटी
- वाइ-फाइ ६
- ब्लुटुथ ५.१ वा सोभन्दा माथि
- गिगाबिट इथरनेट (ल्यान)
ब्याट्री र चार्जिङ
- ४-सेल ५७.५ वाट आवर लिथियम-आयन ब्याट्री
- १३५ वाट ३-पिन एसी एडाप्टर मार्फत चार्जिङ
एसर नाइट्रो भि १५ (२०२५) विभिन्न भेरिएन्टहरूमा उपलब्ध भएकाले शक्तिशाली ल्यापटप खोज्ने प्रयोगकर्ताका लागि राम्रो विकल्पको रूपमा आएको छ। यसले गेमिङमा राम्रो प्रदर्शन गर्दै १०८०पि मा स्मूद गेमप्ले दिन सक्षम छ। साथै, यसको १६५ हर्ज रिफ्रेस रेट भएको डिस्प्लेले अझ राम्रो र स्मूद भिजुअल अनुभव प्रदान गर्छ।
यसमा उपलब्ध विभिन्न जीपीयू विकल्पहरूले क्रमशः राम्रो प्रदर्शन सुधार पनि दिन्छन्, जसले प्रयोगकर्तालाई आफ्नो आवश्यकताअनुसार छनोट गर्ने सुविधा दिन्छ। एसर नाइट्रो भि १५ (२०२५) नेपालका अधिकृत विक्रेता तथा विभिन्न कम्प्युटर पसलहरूमा खरिदका लागि उपलब्ध छ।
आईसीटी समाचार