कीवर्डहरू -

एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने

एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने

एक्सएज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ । 

एक्सएजले ई-कमर्स कम्पनी दराजबाट भएको आफ्नो कुल बिक्रीको १० प्रतिशत टोलीलाई प्रदान गर्ने घोषणा गरेको हो । 

कम्पनीले साउन ४ देखि १३ गतेसम्म दराज नेपालमा उपलब्ध एक्सएजका हरेक उत्पादनहरूको बिक्रीमा आउने १० प्रतिशत रकम सिधै राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।