जिल्ला प्रशासन काठमाडौंले मनसुनजन्य विपद्को समयमा बढी भाडा लिने इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ चालकहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
विपद्को मौका छोपेर साविकको भन्दा चर्को मूल्य असुल्न थालेपछि प्रशासनले कारवाहीको चेतावनी दिएको हो ।
यसरी कोही कसैलाई ठगी नगर्नु नगराउन अनुरोध गरिएको छ। यदि कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाण सहित यस जिल्ला प्रशासन कार्यालयमा पेश गर्न समेत सम्बन्धित सबैलाई आह्वान गरिएको छ।
यसरी ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने प्रशासनको भनाइ छ ।