कीवर्डहरू -

एडोबले रोलआउट गर्न थाल्यो एआई भिडियो टुल, ओपनएआईको सोरालाई टक्कर दिने

एडोबले रोलआउट गर्न थाल्यो एआई भिडियो टुल, ओपनएआईको सोरालाई टक्कर दिने

एडोबले एआई भिडियो टुल रोलआउट गर्न सुरू गरेको छ । एडोबले टेक्स्टबाट भिडियो बनाउन सकिने फायरफ्लाई एआई भिडियो मोडल रोलआउट गर्न थालेको हो ।

 एडोबको फायरफ्लाई भिडियो मोडलले अब ओपन एआईको सोरासँग प्रतिस्पर्धा गर्नेछ । यसका साथै हालै मात्रै पनि मेटा र बाइटडान्सले समेत एआई भिडियो टुल ल्याउने बताइसकेका छन् । 

एडोबले भिडियो टुलबाट भिडियो क्रियटर र एडिटरहरूलाई दैनिक प्रयोगको लागि व्यावहारिक बनाउने उद्देश्य राखेको । 

एडोबको डिजिटल मिडियाको प्रमुख प्रविधि अधिकारी एली ग्रीनफिल्डले फुटेजलाई परम्परागत फुटेजसँग मिलाउनमा विशेष ध्यान केन्द्रित गरेको जानकारी दिए । 

एआई भिडियो टुल सुविधा अहिले केही बेटा प्रयोगकर्तालाई मात्रै उपलब्ध भएको छ । एडोब प्रिमियर प्रोको बेटामा यो टुल एकीकृत भएको छ, जहाँ जेनेरेटिभ एक्सटेन्डको रूपमा फिचरको रूपमा उपलब्ध हुनेछ ।