मेटाको सामाजिक सञ्जाल थ्रेड्समा अब विज्ञापन देखिने भएको छ । मेटाले थ्रेड्समा विज्ञापन परीक्षण गर्न थालेको हो ।
थ्रेड्स सार्वजनिक भएको डेढ वर्ष भइसकेको छ । हालसम्म थ्रेड्स विज्ञापनबाट मुक्त थियो । तर अब भएको मेटाका फेसबुक र इन्स्टाग्राम जस्तै थ्रेड्समा पनि विज्ञापन देखिने छ ।
यसले कम्पनीलाई यो सेवामार्फत आम्दानी गर्न मद्दत गर्ने लक्ष्य राखेको बताइएको छ । यी विज्ञापनहरू प्रयोगकर्ताहरूको फिडमा देखिने सामग्रीहरूको बीचमा फोटोका रूपमा देखिनेछन् ।
प्रारम्भमा यो परीक्षण केवल अमेरिका र जापानमा हुने र सानो प्रतिशत प्रयोगकर्ताहरूका लागि मात्र लागू हुनेछ । इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले केही ब्रान्डहरूका साथ यो परीक्षण सुरु गर्ने योजना बनाएको बताए ।
यी विज्ञापनहरू थ्रेड्सका सामग्री जस्तै रोचक र प्रासंगिक हुने भनाइ छ । ब्रान्डहरूले आफ्नो मेटा एड्स म्यानेजरबाट सजिलै थ्रेड्समा विज्ञापन गर्न सकिने बताइएको छ ।
साथै, मेटाले थ्रेड्समा इनभेन्टरी फिल्टरको परीक्षण गर्नेछ, जसले विज्ञापनदाताहरूलाई आफ्ना विज्ञापन छेउमा देखिने जैविक सामग्रीको संवेदनशीलता स्तर नियन्त्रण गर्न मद्दत गर्नेछ । हालको परीक्षण सानो भए पनि विस्तारै ब्यापक हुने बताइएको छ ।