कीवर्डहरू -

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने

असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । झरीको कुनै प्रवाह नगरी बिहानैदेखि बसको टिकट काट्न बसपार्कमा लाइन लागेका छन् ।

तर तपाईले अनलाइनबाटै पनि बसको टिकट काट्न सक्नुहुन्छ । शनिबारदेखि अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवाबाट पनि बसको टिकट बुकिङ सुरू गरिसकेको छ ।  

बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौँको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ ।

बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौँ संख्याका बसका लाखौँ टिकट अनलाइनमार्फत् खरिद गर्न सकिने बससेवाले जनाएको छ । 

बससेवाको वेबसाइट र मोबाइल एप (एन्ड्रोइडआईओएस) बाट अग्रिम टिकट बुकिङ गर्नुका साथै बससेवाको आधिकारिक फेसबुक पेजबाट नियमित अपडेट पाउन सकिन्छ ।