कीवर्डहरू -

१३ वर्षको प्रतीक्षापछि ‘रुटिन’ गेम डिसेम्बर ४ मा रिलिज हुने

१३ वर्षको प्रतीक्षापछि ‘रुटिन’ गेम डिसेम्बर ४ मा रिलिज हुने

एक दशकभन्दा बढीको प्रतीक्षापछि लुनार सफ्टवेयर र रअ फुरीले विकसित गरेको साइ-फाइ डर खेल ‘रूटिन’ अब अन्ततः रिलीज हुने तयारीमा पुगेको छ। करिब १३ वर्षअघि घोषणा गरिएको यो खेल अब सन् २०२५ डिसेम्बर ४ मा सार्वजनिक हुने भएको हो ।

रुटिनको विकास यात्रा निकै उतार–चढावपूर्ण रह्यो । खेल पहिलोपटक गेम्सकम २०१२ मा घोषणा गरिएको थियो र सन् २०१३ मा रिलिज हुने भनिएको थियो । तर, त्यो समयसीमा पार भएपछि परियोजना वर्षौंसम्म हरायो। 

पछि समर गेम फेस्ट २०२२ मा रूटिनलाई पुनः प्रस्तुत गरिएको थियो । यसलाई नयाँ गेमिङ हार्डवेयरका लागि पूरै पुनर्निर्माण गरिएको घोषणा गरिएको थियो । 

यदि हालको तालिका कायम रह्यो भने रूटिन यो वर्षको अन्त्यसम्ममा स्टिम र एक्सबक्समा उपलब्ध हुनेछ । साथै गेमपासमा पनि पहिलो दिनदेखि खेल्न सकिनेछ ।

खेलको छोटो टिजरले ‘एलियन्स’ फिल्मको झल्को दिन्छ — फिल्म ग्रेन इफेक्ट, पुराना ग्याजेटहरू, र हरेक कुनामा मण्डराइरहेको मृत्युको भय । 

खेलाडीले एउटा परित्यक्त चन्द्र आधार (lunar base) अन्वेषण गर्दै त्यहाँ के गलत भयो भन्ने खोज्नेछन् । टिजरका संकेतअनुसार, त्यसको उत्तर सम्भवतः मानवीय निर्मित, तर हत्यारा रोबोटहरूमा लुकेको छ — जसले Weyland-Yutani कम्पनीको रोबोटलाई सम्झाउँछ ।