संघीय संसदबाट सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका कानुनलाई संशोधन गर्ने अध्यादेश पारित भएपछि नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ (नास आईटी) ले त्यसलाई स्वागत गरेको छ ।
यसले निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुने नास आईटीको विश्वास गरेको छ ।
‘अध्यादेशले आईटी तथा डिजिटल सेवा कम्पनीहरूलाई व्यवसाय सञ्चालन गर्न सजिलो बनाउने । लगानी भित्र्याउन सहज हुनेछ र नेपाललाई प्रविधि तथा नवाचारको केन्द्रको रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने छ,’ नास आईटीले विज्ञप्तीमा भनेको छ, ‘यो सफलता सरकार, नीति निर्माता, उद्योग र प्रविधि क्षेत्रका अगुवाहरूबीचको निरन्तर संवाद, सहकार्य र लक्ष्यप्रति साझा प्रतिबद्धताको परिणामस्वरूप सम्भव भएको हो ।’
अध्यादेश पारित गर्न सघाउने संघीय संसद्का सांसद, विज्ञ र यस क्षेत्रमा क्रियाशील संस्थाहरूलाई नास आईटीले धन्यावद दिएको छ ।