महिन्द्रा अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले सुर्खेतमा आफ्ना दुई नयाँ अत्याधुनिक विद्युतीय एसयुभीहरू— बीई ६ (BE 6) र एक्सईभी ९ई (XEV 9e) सार्वजनिक गरेको छ। चैत २० गते वीरेन्द्रनगरस्थित अग्नि ग्रुपको महिन्द्रा शोरुममा आयोजित एक विशेष क्षेत्रीय समारोहका बीच यी गाडीहरू आधिकारिक रूपमा बजारमा ल्याइएको हो।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष विक्रम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अग्नि ग्रुपका ईभी प्रोडक्ट हेड सुरज राजवंशी, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका कन्ट्री म्यानेजर महेश ठकुरी लगायत स्थानीय व्यवसायी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। महिन्द्राको अत्याधुनिक 'इङ्ग्लो' (INGLO) प्लेटफर्ममा आधारित यी गाडीहरू विश्वकै समझदार अटोमोटिभ आर्किटेक्चर 'माया' (MAIA) बाट सञ्चालित छन्, जसले नेपालको विद्युतीय सवारीको क्षेत्रमा नयाँ यात्राको सुरुवात गरेको कम्पनीले जनाएको छ।
मूल्यका हिसाबले 'बीई ६' को सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ भने 'एक्सईभी ९ई' को मूल्य ६९ लाख रुपैयाँबाट सुरु हुन्छ। दुवै गाडीहरू तीन फरक भेरियन्टमा उपलब्ध छन् र कम्पनीले सबै भेरियन्टहरूको बुकिङ खुला गरिसकेको छ। 'बीई ६' ले एक पटकको फुल चार्जमा ५४३ किलोमिटरसम्म र ७९ किलोवाट आवर ब्याट्री प्याक भएको 'एक्सईभी ९ई' ले ६५६ किलोमिटरसम्मको रेन्ज दिने प्रमाणित गरिएको छ।
विशेषताका आधारमा 'एक्सईभी ९ई' मा ड्यासबोर्डभरि फैलिएको सिनेमाटिक ट्रिपल-स्क्रिन डिस्प्ले रहेको छ भने 'बीई ६' मा रेस-रेडी डिजिटल ककपिट सुविधा दिइएको छ। सुरक्षालाई प्राथमिकता दिँदै यी गाडीहरूमा एडीएएस (ADAS) लेभल २ प्लस प्रणाली, ३६० डिग्री सर्भेलेन्स क्यामरा र चालकको थकान निगरानी गर्ने 'आईडेन्टिटी' (EyeDentity) जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्।
नेपालमा विद्युतीय मोबिलिटीमा रूपान्तरण हुनु दिगो विकास र ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण कदम भएको बताउँदै अग्नि ग्रुपले आफ्ना यी विश्वस्तरीय गाडीहरूलाई अब देशभरका विभिन्न क्षेत्रीय बजारहरूमा विस्तार गर्ने योजना बनाएको छ। यसअघि यी मोडलहरू सन् २०२५ अगस्टमा काठमाडौँमा आयोजित 'नाइमा नेपाल मोबिलिटी एक्सपो' मार्फत पहिलोपटक नेपाली बजारमा परिचय गराइएको थियो।
आईसीटी समाचार