कीवर्डहरू -

ईसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

ईसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ। 

यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला बीच हस्ताक्षर भएको हो। 

सम्झौता अनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका ईसेवा मनि ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरु मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन्। 

यस सम्झौताले आप्रवासी नेपालीहरूका लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने  प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए ।

विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्ने उनको भनाइ छ ।