कीवर्डहरू -

नेपालपे कार्डका लागि नेपाल एसबिआई बैंक लिमिटेड र क्लियरिङ हाउसबिच सम्झाैता

नेपालपे कार्डका लागि नेपाल एसबिआई बैंक लिमिटेड र क्लियरिङ हाउसबिच सम्झाैता

नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस - राष्ट्रिय कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत,नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । 

सो कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत,राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौतासगैँ बैंकले डोमेस्टिक कार्ड योजना नेपाल पे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।