नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको छ ।
बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आरबीआईका गभर्नर शक्तिकान्त दासको सहभागितामा दुई बैंकका उच्च अधिकारीबीचमा सम्झौता भएको हो ।
सम्झौता अनुसार सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकासका लागि भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्स (एनपीआई)मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ ।
गभर्नर अधिकारी भारत भ्रमणमा रहेको बेला दुबै देशका केन्द्रिय बैंकबीच क्रस बोर्डर भुक्तानी नियमन गर्न सम्झौता भएको हो ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट प्रक्रिया अघि बढाउन यूपीआई र एनपीआईबीच सम्झौता भएको थियो ।