लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म, ईसेवा मनी ट्रान्सफर सँग साझेदारी गर्ने भएको छ । नेपालको राष्ट्र बैकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो ।
यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायत सहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फी लाई सक्षम बनाउने विश्वास लिइएको छ । यो सँगै लेम्फी मार्फत् नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने भएको छ ।
देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एक विश्वसनीय वित्तीय सेवा प्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।
यस साझेदारी पश्चात ग्राहकहरू केन्द्रीय बैंकद्वारा निर्धारित नियामक मापदण्डहरूको पालनामा लेम्फीप्रति आश्वस्त हुन सक्छन् । ईसेवा मनी ट्रान्सफरको स्थापित भुक्तानी सञ्जालमार्फत ग्राहकसँगको सम्पर्क र विश्वसनीयताको लाभ लिन सक्नेछन् ।
अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहक भएको लेम्फीले कसरी अत्याधुनिक प्रविधि, रणनीतिक साझेदारी, र प्रमुख अधिग्रहणहरूले सुरक्षित, भरपर्दो र नवीनतम् वित्तीय सेवाहरू प्रदान गर्न सक्छन् भनेर खोजी जारी राख्नेछ जुन विश्वभरका आप्रवासीहरूका लागि उपयोगी हुनेछन् ।
आईसीटी समाचार