कीवर्डहरू -

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा गोल्डकप हेर्न सकिने

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा गोल्डकप हेर्न सकिने

पोखरामा मंगलबारदेखि सुरू हुने आहा रारा गोल्डकपको २३ औं संस्करणका खेलहरुको हेर्न सकिने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिशहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

डिशहोम र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिसहोम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । आहा रारा गोल्डकपको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।