रिथिंकएक्सका अनुसन्धान निर्देशक एडम डोरले सन् २०४५ सम्ममा एआई र रोबोटिक्सले अधिकांश मानवद्वारा गरिने कामहरू समाप्त हुन सक्ने चेतावनी दिएका छन् । द गार्डियन सँगको एक अन्तरवार्तामा एडम डोरले एआई दिनानुदिन स्मार्ट बन्दै गएको र कतिपय सन्दर्भमा मानव कामदारहरूको स्थान लिइरहेको बताएका छन् ।
उनका अनुसार आगामी बीस वर्ष भित्र हाल मानवद्वारा गरिंदै आएका अधिकांश कामहरू एआईले गर्न सक्षम हुनेछ । राजनीतिज्ञ, यौनकर्मी, नैतिक विज्ञ र उच्च विश्वासको आवश्यकता पर्ने पेशाहरूमा एआईको प्रभाव न्यून रहने उनको भनाइ छ ।
उनको अनुसन्धान टोलीले इतिहासमा १,५०० बढी ठूला प्रविधिक क्रान्तिहरूको अध्ययन गरेको छ । ती अध्ययनहरूले देखाएका छन् कि नयाँ प्रविधि एकचोटि स्थापित भएपछि तीव्र गतिमा फैलने र पन्ध्र–बीस वर्षभित्र पुरानो प्रणालीहरू प्रतिस्थापन गर्ने गर्दछ। एआई पनि त्यही बाटोमा अघि बढिरहेको उनको तर्क छ । तर यस पटक मेशिनहरूले मानवहरूको स्थान लिइरहेका छन्।
डोरका अनुसार सबैभन्दा ठूलो जोखिम ती कामहरूमा छ, जहाँ सामान्य कार्यहरू र नियमित वर्कफ्लो हुन्छ । विश्वभरिका लाखौं कर्मचारी त्यस्तै काममा संलग्न छन्। जति जति एआई प्रणालीहरू अझ प्रभावकारी र लागत-कुशल बन्दै जानेछन्, त्यति त्यति मानव कामदारहरूको तुलनामा गुणस्तर, दक्षता र विश्वसनीयतामा वृद्धि हुनेछ।
धेरैभावनात्मक बुद्धिमत्ता, नैतिक निर्णय र विश्वासको आवश्यकता पर्ने केही कार्यहरू मात्र मानवको हातमा रहने उनले जनाएका छन् । नयाँ आर्थिक मोडेल अवलम्बन नगरिएमा अटोमेशनको आउने लहरले असमानता बढाउने सम्भावना रहेको उनको भनाइ छ ।