विश्वभर इन्टरनेट सर्चका लागि एआईको प्रयोग बढ्दै गएको छ, जसकारण हालका दिनहरूमा सर्च बजारमा गूगल को हिस्सा २०१५ पछि पहिलो पटक ९० प्रतिशतभन्दा कम भएको छ। धेरै टेक विशेषज्ञहरूले च्याटजीपीटी जस्ता एआई उपकरणहरूको बढ्दो प्रयोगलाई गूगलका लागि खतरा पनि ठानेका छन्।
यसैबीच एअरबीएनबीका प्रमुख कार्यकारी अधिकृत ब्रायन चेस्कीले च्याटजीपीटी, क्लाउड र परप्लेक्सिटी जस्ता एआई चैटबटहरूलाई नयाँ गूगल मान्नु अहिले जल्दबाजी हुने बताएका छन् । सर्च इञ्जिनको रूपमा गूगलको पकड अझै बलियो भएको र एआईलाई त्यो स्तरसम्म पुग्न समय लाग्ने उनको भनाइ छ ।
कम्पनीको आर्थिक वर्ष २०२६ को दोस्रो त्रैमासिक नतिजाहरू सम्बन्धी निवेशकहरूसँगको छलफलमा चेस्कीले भने, 'हामीले एआईलाई नयाँ गूगल मान्नु हुँदैन। हामी अहिले यो प्रविधिको सुरुवाती चरणमै छौं।'
उनका अनुसार एआई च्याटबटहरूले ग्राहक सेवा र पर्सनलाइजेशनमा सहयोग पुर्याउने छन् तर रेफरल र सर्च ट्राफिकको मामिलामा ती अहिलेलाई गूगल बराबरी गर्न सकिरहेका छैनन्।
'च्याटजीपीटी जस्ता च्याटबटहरू चलाउने एआई मोडेलहरू कुनै एक प्लेटफर्ममा मात्र अनन्य होइनन्। च्याटजीपीटीको मोडेल केवल त्यसैको मात्रै होइन। हामी एयरबीएनबीमा पनि यसको एपीआई प्रयोग गर्न सक्छौं र अन्य मोडेलहरू रोज्न सक्छौं,' उनले भने ।
एयरबीएनबीले अमेरिकामा आई कस्टमर सर्भिस एजेन्टले मानवीय एजेन्टसँग सम्पर्क गर्ने ग्राहकहरूको संख्या करिब १५ प्रतिशतले घटाएको जानकारी दिएको छ। यो सिस्टम १३ अलग–अलग मोडेल र हजारौं संवादका डाटाबाट प्रशिक्षित गरिएको हो। हाल यो अंग्रेजीमा उपलब्ध छ, तर यो वर्ष भित्र यसलाई अरू भाषामा पनि ल्याइनेछ।
अगामी वर्षसम्म यो अझ बढी पर्सनलाइज्ड हुनेछ, जसले यो न केवल ग्राहकलाई बुकिङ रद्द गर्ने तरिका बताउनेछ । भविष्यमा यसले ग्राहकलाई यात्रा योजना बनाउन र बुकिङ गर्नमा पनि सहयोग गर्ने बताइएको छ ।
चेस्की भन्छन् - एआई च्याटबटहरूले कम्पनीहरू र तिनीहरूको ग्राहकबीच जडानको तरिका परिवर्तन गरिरहेका छन्, तर अहिलेलाई ती ‘एनहान्सर’ मात्र हुन्, पूर्ण रूपमा रिप्लेसमेन्ट छैनन्। आउने समयमा सही दिशामा गरिएको लगानी र नवप्रवर्तनसँगै एआईको प्रभाव धेरै गुणा बढ्न सक्छ।