कीवर्डहरू -

ह्वाट्सएपमा एआई ‘म्यासेज समरिज’ फिचर आउँदै

ह्वाट्सएपमा एआई ‘म्यासेज समरिज’ फिचर आउँदै

मेटाले ह्वाट्सएपमा नयाँ फिचर ‘म्यासेज समरिज’ थप गर्ने भएको छ । यसले एआईको प्रयोग गरेर नपढिएका सन्देशहरूलाई केही बुलेट पोइन्टमा संक्षेपमा प्रस्तुत गर्नेछ ।

यो फिचर मेटाले यस वर्ष अप्रिलमा लामाकन कार्यक्रममा घोषणा गरेको प्राइभेसी प्रोसेसिङ प्रविधिमा आधारित छ, जसले ह्वाट्सएपमा रहेका सन्देशहरू मेटा कम्पनीलाई प्रत्यक्ष रूपमा नदेखाई एआईले काम गर्न सक्ने दाबी गरिएको छ ।

यो फिचर उपलब्ध भएपछि ‘समराइज प्रोइभेट्ली’ लेखिएको अनस्क्रिन ब्यानरमा ट्याप गरेर मेटा एआईबाट छोटो सारांश प्राप्त गर्न सकिने छ । 

यो फिचर हाल अमेरिकाका प्रयोगकर्ताहरूलाई, अङ्ग्रेजी भाषामा संवाद गरिरहेकाहरूका लागि उपलब्ध गराइँदैछ । तर मेटाले यसलाई यस वर्षको अन्त्यतिर अन्य भाषा र देशहरूमा पनि ल्याउने आशा गरिएको छ । 

कम्पनीका अनुसार, यदि तपाईं लामो समयदेखि फोन चेक गर्न पाउनु भएको छैन वा धेरै ग्रुप च्याटहरूमा हुनुहुन्छ भने, यो फिचरले तपाईंलाई छुटेका कुराहरू सजिलै बुझ्न मद्दत गर्नेछ । 

यद्यपि, एआई अझै पूर्ण रूपमा विश्वसनीय छैन — जस्तै केही महिनाअघि एप्पलको नोटिफिकेसन समरी प्रणालीमा देखिएका समस्याहरू — तर धेरै सक्रिय र ठूला च्याटहरूमा सहभागी व्यक्तिहरूका लागि यो उपकरण उपयोगी हुन सक्छ।

मेटाका अनुसार, एण्ड टु एण्ड इन्क्रिप्सन र सुरक्षित क्लाउड वातावरण प्रयोग गरेर ह्वाट्सएपका सन्देशहरू यसरी प्रोसेस गरिन्छ ।