कीवर्डहरू -

सफ्टवेयर विकासमा एआई क्रान्ति

सफ्टवेयर विकासमा एआई क्रान्ति

प्रविधि क्षेत्र निकै तीव्र रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय प्रविधिको नेतृत्व कृत्रिम बुद्धिमत्ता अर्थात एआईले लिइरहेको छ । 

अब एआई केवल स्वचालित उपकरण मात्र रहेन । सफ्टवेयर विकास गर्नेदेखि समस्या समाधानसम्म गर्न थालिसकेको छ ।

यो रूपान्तरणले सफ्टवेयर इन्जिनियर, उद्यमी र क्रियटरहरूलाई अझ चतुर, प्रभावकारी, र प्रयोगकर्तामैत्री एप्लिकेसनहरू बनाउन प्रेरित गरिरहेको छ । 

ओपन एआई, जेमिनाई, डिपसिक, ग्रोक, बोल्ट.न्यू जस्ता प्लेटफर्महरू यस परिवर्तनको अगुवाइ गरिरहेका छन्, जसले हामीलाई पहिलेभन्दा धेरै छिटो नवीनतम सिर्जनाहरू गर्न सक्षम बनाइरहेको छ ।

null

अब कोड लेख्न जान्नु मात्रै पर्याप्त छैन । सफ्टवेयर वा सास (सफ्टवेयर एज अ सर्भिस) उत्पादन सफल बनाउन, समस्या समाधान गर्ने सोच र प्रयोगकर्ताका आवश्यकताहरू बुझ्ने क्षमताको झन् महत्त्व बढ्न थालेको छ । 

सफ्टवेयर विकासमा एआई क्रान्ति

एआईले सफ्टवेयर विकासमा नयाँ रूपान्तरण ल्याउँदै छ । अहिलेसम्म हामी एआईलाई सतही रूपमा मात्रै प्रयोग गरिरहेका छौं । केही वर्षअघिसम्म गिटहब कोपाइलट र कर्सर आईडीई जस्ता प्लेटफर्मले कोड सजेस्ट गर्न, दोहोरिने कार्यहरू स्वचालित गर्न र बेसिक डिबगिङ गर्न मद्दत गर्थे । तर, ओपन एआईको जीपीटी मोडेल र जेमिनाई,  डिपसिक जस्ता प्लेटफर्महरूको प्रगतिले एआईलाई अर्को स्तरमा पुर्याइसकेको छ ।

अब एआई केवल साना कामहरू स्वचालित गर्ने माध्यम मात्र होइन, बरू सफ्टवेयर विकासको सहकर्मी बन्न पुगेको छ । यसले जटिल कोड लेख्न, डिबगिङ गर्न र ठूलो स्तरका एप्लिकेसनहरू निर्माण गर्न सहयोग पुर्याइरहेको छ । सास वा सफ्टवेयर उत्पादन निर्माण गर्न, अब कोड लेख्ने काम कम हुँदै गएको छ । एआईले धेरै जसो जटिल कामहरू आफैं गर्न थालेको छ । 
यसको असर सफ्टवेयर इन्जिनियरहरूमा पर्ने निश्चित छ । 

अब डेभलपरहरू साना-साना कोडिङ कार्यहरूमा समय खर्च गर्नुभन्दा पनि उच्च-स्तरको समस्या समाधान, उत्पादन विकास, र प्रयोगकर्ता केन्द्रित डिजाइनमा ध्यान दिन सक्छन् । एआईको आगमनसँगै सफ्टवेयर इन्जिनियरहरूको भूमिका बदलिँदै छ । अब केवल कोडिङ जानेर मात्र पुग्दैन, व्यवसाय रणनीति, उत्पादन डिजाइन, र ग्राहक अनुभवलाई बुझ्न सक्नुपर्ने हुन्छ।

null

एआईले व्यवसायको रणनीति निर्माण, उत्पादन योजना र मार्केटिङ रणनीतिमा पनि सहयोग गर्छ । एआईको समयमा सफ्टवेयर विकासको सफलताको मुख्य रहस्य अब राम्रो कोड लेख्नमा मात्र छैन बरु समस्याहरू पहिचान गरेर समाधान दिने क्षमतामा छ ।

उदाहरणका लागि, मैले एआई प्रयोग गरेर बनाएको FutureXConnect नामक प्लेटफर्मले रोजगारी खोज्ने प्रक्रियालाई सहज बनाउँछ । यसले पनि देखाउँछ कि एआई केवल कोड सिर्जना गर्ने मात्र होइन, बरु ठोस व्यापारिक समस्या समाधान गर्ने दिशामा विकसित भइसकेको छ ।

अब मुख्य चुनौती कोड लेख्ने होइन, उचित ग्राहक पहिचान गर्ने, उनीहरूसँग राम्रो तरिकाले जोड्न सक्ने र मार्केटिङ प्रभावकारी बनाउन हुनेछ । सफ्टवेयर निर्माणको काम एआईले सजिलो बनाइरहे पनि, वास्तविक सफलता बजारमा ग्राहकहरूको ध्यान आकर्षित गर्न सक्ने क्षमतामा निर्भर रहनेछ ।

(लेखक अधिकारी फ्रिल्यान्सर हुन् । उनी एनसीआईटी कलेजमा सफ्टवेयर इन्जिनियरिङ समेत पढ्दै छन् । )