आगामी भदौ ७ गते शनिबार काठमाडौंमा कृत्रिम बुद्धिमत्ता (एआई) सेफ्टी मिटअप आयोजना हुने भएको छ ।
ब्लुडट इम्प्याक्टसँगको सहकार्यमा एआई इन्नोभेटर्सले पहिलो पटक काठमाडौंको बबरमहलस्थित बसेरा बुटिक होटलमा एआई सेफ्टी मिटअप गर्न लागेको हो ।
एआईमा रूची हुने सबै व्यक्तिहरू मिटअपमा सहभागी हुन सक्ने छन् । कार्यक्रममा सहभागी हुनु भन्दा अगाडि ब्लुडट इम्प्याक्टको निःशुल्क कोर्ष 'फ्युचर अफ एआई' अध्ययन गर्न समेत अनुरोध गरिएको छ, जसले एआई सुरक्षा सम्बन्धि आधारभूत पक्ष बुझ्न सहयोग गर्नेछ ।
मिटअपमा एआई सुरक्षा र यसले समाजमा पार्ने प्रभाव बारे छलफल हुनेछ । यदी तपाई पनि मिटअपमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोला । किनभने मिटअपको सिट सिमित रहेको छ ।