कीवर्डहरू -

टेक्स्ट लेखेकै भरमा भिडियो बनाइदिने पाँच एआई टुल

टेक्स्ट लेखेकै भरमा भिडियो बनाइदिने पाँच एआई टुल

एआईको आगमन संगै, धेरै कार्यहरु सजिलो भएको छ । पहिलेका जमानामा भिडियो बनाउन धेरै समय खर्चिनु पर्थ्यो ।

तर अब यस्तो टेक्स्ट टु भिडियो एआई टूल आएका छन्, जसले केवल एक प्रम्प्टको आधारमा एचडी क्वालिटीको भिडियो बनाइदिन सक्छ ।

आज हामी तपाईलाई टेक्स्ट लेखेकै भरमा भिडियो बनाउन सक्ने केही एआई टुलको बारेमा जानकारी दिदैछौं । 

ओपनएआई सोरा

ओपनएआईले केही समय अघि यो उपकरण ल्याएको थियो । यो एआई उपकरणले कुनै पनि फोटो वा क्लिपहरू प्रयोग नगरी एचडी क्वालिटी भिडियोहरू उत्पन्न गर्न सक्छ । यसमा ६० सेकेन्डसम्मका भिडियोहरू जेनेरेट गर्न सकिन्छ । यद्यपि, हाल यो उपकरण सबै प्रयोगकर्ताहरूको लागि उपलब्ध छैन् । तर यो अबको केही महिनामा सबैका लागि सार्वजनिक हुनेछ ।

इनभिडियो

यस टेक्स्ट टु भिडियो एआई उपकरणमार्फत पनि भिडियो उत्पन्न गर्न सकिन्छ । यसमा, प्रयोगकर्ताहरूले केवल प्रम्प्ट इन्टर गर्न आवश्यक छ र यसले केही सेकेन्डमा राम्रो क्वालीटीको भिडियो सिर्जना गर्दछ । यसलाई प्रयोग गर्न कुनै पनि प्रकारको सदस्यता लिनु पर्दैन् ।

लुमेन ५

यो निः शुल्क एआई उपकरण प्रयोग गर्न, तपाईंले पहिले यसमा अकाउन्ट सिर्जना गर्नुपर्छ। यो उपकरण निः शुल्क प्रयोग गर्न सकिन्छ । यहाँ प्रयोगकर्ताहरूले प्रम्प्टको आधारमा मात्र भिडियोहरू जेनेरेट गर्ने सुविधा पाउँछन् ।

आवर वान टेक्स्ट टू भिडियो एआई टूल 

आवर वान पनि टेक्स्ट टू भिडियो एआई टूल हो, जसले प्रयोगकर्ताहरूलाई प्रम्प्टबाट सित्तैमा भिडियो बनाउन दिन्छ । यो उपकरण प्रयोग गरेर, प्रयोगकर्ताहरूले उनीहरूको प्रम्प्टमा आधारित कुनै पनि प्रकारको भिडियो तयार गर्न सक्छन् । यसलाई प्रयोग गर्न पनि नयाँ अकाउन्ट सिर्जना गर्नुपर्छ ।

भिस्ला एआई टूल

यो उपकरण ती व्यक्तिहरूको लागि पनि धेरै उपयोगी साबित हुनेछ, जो केवल प्रम्प्टको आधारमा निः शुल्क भिडियोहरू उत्पन्न गर्न चाहन्छन् । यस उपकरणको विशेष भनेको पहुँच गर्न कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन । यो सबै प्रयोगकर्ताहरूको लागि निःशुल्क उपलब्ध छ।