तपाईंले धेरै साइन्स-फिक्सन फिल्महरूमा डायनासोर देखाइएका हुन्छन् । धरतीबाट डायनासोर करोडौँ वर्ष पहिले नै विलुप्त भए पनि आज पनि कहिलेकाहीँ तिनीहरूको चर्चा हुने गर्छ ।
फिल्महरूमा त डायनासोर देख्नुभएको होला, तर वास्तविक डायनासोर कस्तो देखिन्थे भन्ने कुरा अब एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले देखाइदिन सक्छ। एआईको माध्यमले तपाईं डायनासोर एक पटक फेरि देख्न सक्नुहुनेछ। आउँनुहोस्, थाहा पाऔँ कि एआई प्रविधिबाट यो कसरी सम्भव हुनेछ।
टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार, एआईले वास्तविक डायनासोरलाई फर्काउन नसकेता पनि, वैज्ञानिकहरूले यसको सहयोगमा डायनासोरका अवशेषहरू अध्ययन गरी तस्बिर बनाउन सक्नेछन्।
अर्थात् अब एआईले पूरा पत्ता लगाइदिनेछ कि डायनासोरहरू हुँदा कस्तो देखिन्थे, जसले गर्दा मानिसहरू डायनासोर हेर्न पाउनेछन्। अहिलेसम्म फिल्म वा संग्राहालयमा देखाइएका डायनासोर अनुमानमार्फत बनेका थिए, तर अब एआईले हूबहू डायनासोर उभ्याउनेछ जसले करोडौँ वर्ष पहिलेको त्यो खतरनाक जीव कस्तो थियो भन्ने कुरा प्रष्ट पार्नेछ।
एआई प्रविधिको सहयोगले डायनासोरका हड्डी र बाँकी अवशेषहरूलाई अध्ययन गरी त्यसका आधारमा थ्रीडी मोडेल तयार गरिनेछ। सामान्यतया फोसिलहरू फुटेको–टुटेको अवस्थामा भेटिन्छन् जसले पूर्ण तस्वीर बनाउन कठिनाइ पुर्याउँथ्यो, तर एआईले ती कमीहरू पूर्ति गरी डायनासोरको सही तस्बिरहरू तयार पार्नेछ। ती तस्बिरहरूबाट मात्र वैज्ञानिकहरू होइन, सामान्य मानिसहरू पनि डायनासोर हेर्न सक्नेछन्।
रिपोर्टअनुसार डायनासोरको पूरा डीएनए उपलब्ध छैन, तर एआईले त्यसका केही हिस्साहरू अनुमान गर्न सहयोग गरिरहेको छ। एआईको सहायताले मात्र तस्बिरहरू नभएर त्यस्ता जीवका भिडियोहरू समेत बनाइनेछन्। भर्चुअल रियालिटी र अग्मेण्टेड रियालिटीको माध्यमबाट मानिसहरू डायनासोरलाई नजिकबाट हेर्न र अन्तरक्रिया अनुभव गर्न सक्नेछन्।
एआई मेसिन लर्निङको मद्दतले फोसिलहरूको पहिचान गरिँदैछ। यस प्रविधिले डायनासोरका साना-नाना विशेषताहरू, जस्तै दाँत र हड्डीको ढाँचा जस्ता विवरणहरू समेत पत्ता लगाउन सक्षम बनाइरहेको छ। यसखाले प्राविधिक सहयोगले वैज्ञानिकहरूलाई नयाँ प्रजातिहरूको खोज र तिनीहरूबारे थप जानकारी प्राप्त गर्न मद्दत गरिरहेको छ।
प्रविधि धेरै अगाडि बढिसकेको भए पनि अहिलेसम्म पूर्ण रूपमा थाहा हुन सकेको थिएन कि डायनासोर वास्तवमै कस्तो देखिन्थे, किनकि ६५ मिलियन वर्ष पुरानो डीएनए पूर्ण रूपमा नष्ट भइसकेको छ। तर अब एआईको सहयोगले यसबारे थप स्पष्टता आउने आशा गरिएको छ।