सारा संसारमा कृत्रिम बौद्धिकता (एआई) को विस्तार हुँदै गएको छ । एआईको मद्दतले मानिसहरूलाई काम गर्न सजिलो र सटीकता प्राप्त भएको छ । तर एआईको आगमनसँगै मानिसहरूमा रोजगारी गुम्ने डर पनि बढिरहेको छ ।
यसैबीच, समाचार आएको छ कि हालका दिनहरूमा माइक्रोसफ्टले ठूलो सङ्ख्यामा आफ्ना कर्मचारीहरूलाई निकालेको छ । केही रिपोर्टहरू अनुसार, कम्पनीले करिब ६,००० जनालाई रोगारबाट निकालेको दाबी गरिएको छ । सबैभन्दा चकित बनाउने कुरा त यो हो कि निकाला गरिएका कर्मचारीहरूमध्ये अधिकांश सफ्टवेयर इन्जिनियरहरू हुन् ।
कर्मचारीहरूलाई एआईको प्रयोग गर्न निर्देशन दिइएको थियो । तर, अन्ततः एआईकै प्रयोग उनीहरूको रोजगारी गुम्ने कारण बन्यो ।
द इन्फोरमेसनको रिपोर्ट अनुसार, माइक्रोसफ्टका उपाध्यक्ष जेफ हसलले आफ्नी टिमलाई ओपनएआई च्याटबोट प्रयोग गर्न भनेका थिए, जसले ५० प्रतिशतभन्दा बढी कोड जेनरेट गर्न सकोस् । भनिन्छ, उनको टिममा ४०० भन्दा बढी कर्मचारी थिए । तर केही महिनापछि जब कम्पनीले कर्मचारी निकाल्ने निर्णय गर्याे तब सबैभन्दा बढी प्रभावित यही टिमका सदस्यहरू भए ।
खबर अनुसार, कम्पनीले निकालेको ६,००० जना मध्य एआई निर्देशक गब्रिएला डी क्वेइरोज पनि समावेश थिइन् । उनी सन् २०२२ मा कम्पनीमा आवद्ध भएकी थिइन् र एआई पहलको नेतृत्व गरिरहेकी थिइन् । रोजगारी गुमेपछि उनले सामाजिक सञ्जालमा एक पोस्ट गरिन् । त्यसमा उनले लेखिन्, “जागिर गयो होला, तर मुस्कान भने छ ।”
उनको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनले पोस्टमा लेखेकी छन्, “निश्चित रूपमा म निराश छु, तर मलाई नजिकबाट चिनेका मानिसहरूलाई थाहा छ कि म एक आशावादी व्यक्ति हुँ । यो कामले बिदा गरेता पनि मेरो मुस्कान खोसेन, न त मेरो कृतज्ञता, न त यो विश्वास कि प्रत्येक दिन एउटा उपहार हो । त्यो आज पनि यथावत् छ ।”
गब्रिएला डी क्वेइरोजको यस पोस्टमा धेरै प्रयोगकर्ताहरूले प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखे, “यदि माइक्रोसफ्टको एआई निर्देशकको पनि रोजगारी एआईकै कारण गुम्न सक्छ भने, कसैको पनि रोजगारी सुरक्षित छैन् ।”
यद्यपि, ध्यान दिनुपर्ने कुरा के हो भने माइक्रोसफ्टले यस ले अफबारे आफ्नो भनाइ दिएको छ र भनेको छ, “हामी कम्पनीमा संगठनात्मक परिवर्तन गरिरहेका छौं ताकि बजारमा आफूलाई अझ राम्रोसँग ढाल्न सकौं ।”